एजेनसी १७ माघ ।
अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा कम्तीमा तीन तालिवानी आतंककारी मारिएका छन् । उत्तरी कुन्दुजमा आफ्गानी सुरक्षा बलले विद्रोही विरुद्ध कारबाही गरेको सैनिक स्रोतले जनाएको छ ।
कुन्दुज सहरको बाहिरी इलाकामा पर्ने हाजी नवाब इलाकामा लुकेर बसेका तालिवान आतंककारी लक्षित आक्रमणमा अन्य चार जना घाइते भएको सैनिक अधिकृतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
बाघलान र तखर प्रान्तको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा पछिल्ला दुई महिना यता सरकारी सुरक्षाबल र तालिवान आतंककारीबीच ठूलो झडप भइरहेको छ ।
गएराति भएको उक्त हवाई आक्रमणको विषयमा भने तालिावनी समूहले कुनै टिप्पणाी गरेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline