क्यानडाको एक मस्जिदमा भएको आक्रमणमा परी चार जनाको मृत्यु

क्यानडाको एक मस्जिदमा भएको आक्रमणमा परी चार जनाको मृत्यु

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी,माघ १७।
क्यानडाको एक मस्जिदमा भएको अन्धाधुन्ध गोली प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको छ ।

क्युबेक शहरमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली हानाहान भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ समेत गरेको छ । तर घटनामा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने बारे एकिन जानकारी नभएको बताइएको छ ।

तीन जना बन्दुकधारीले मस्जिदमा पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विविसीले जनाएको छ । केन्द्रले सञ्चालन गरेको दुई मध्ये सेमिन सेन्ट–फोय मस्जिदमा आक्रमण भएको हो ।

घटनापछि त्यसक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी