मुस्लीम आप्रवासी प्रवेश निषेधका बारेमा ट्रम्पले तीन देशका नेतासँग बार्ता गर्ने

मुस्लीम आप्रवासी प्रवेश निषेधका बारेमा ट्रम्पले तीन देशका नेतासँग बार्ता गर्ने

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वासिङटन, १६ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन बार्ता गर्नुहुने भएको छ ।

केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उहाँले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लाग्नुभएको हो ।

ट्रम्पले दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गर्नुभएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसले निकालेको विज्ञप्तीमा उनी सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा छलफल हुने जनाइएको छ ।

यही जनवरी २० देखि अमेरिकाको राष्ट्रपतिको जिम्मेबारी लिनुभएका ट्रम्पले सबैभन्दा पहिला साउदी अरवका राजा सलामनसँग कुराकानी गर्नुहुने छ ।

त्यसपछि उहाँले युएइका अधिराजकुमार मोहम्मदबिन जयद अल नह्यानसँग टेलिफोन बार्ता गर्ने कार्यतालिका रहेको छ ।

अमेरिकाले प्रवेशमा रोक लगाएका देशमा साउदी अरव र युएइ कुनै देश पर्दैनन् । ट्रम्पले इरान, ईराक, लिविया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी