काबुल, १६ माघ । युद्धले तहसनहस भएको देश अफगानिस्तानमा अफगान सुरक्षाबलले छ वटा लागुपदार्थ (हिरोइन)को प्रयोगशाला ध्वस्त गरेका छन् । अफगान गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।
अफगान राष्ट्रिय सैनिकको विशेषबलले अफगानिस्तानको दक्षिण पं्रान्त हेलमान्डका नाउजाद जिल्लाको सङ्गीन इलाकामा गरेको कारबाहीको क्रममा ती प्रयोगशाला ध्वस्त गरिएको जनाइएको छ ।
सो प्रयोगशालामा हिरोइन बनाउने विभिन्न पदार्थ कब्जा गरिएको छ । हेलमान्ड तालिवान आतङ्ककारी समुहको बलियो प्रभाव रहेको प्रान्त हो । हेलमान्ड प्रान्तमा ठूलो मात्रामा अफिम पनि उत्पादन हुनेगरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline