एजेन्सी माघ १६ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादीमीर पुटिनबीच टेलिफोन वार्ता भएको र त्यो सकारात्मक रहेको क्रेमलिनको बक्तव्यमार्फत जनाएको छ ।
दुई राष्ट्रपतिका बीच रचनात्मक रुपले पारस्परीक हितका साथै अन्तराष्ट्रिय आतकवाद विरुद्ध मिलेर सहकार्य गर्ने बिषयमा कुराकानी भएको विज्ञप्तिमा जनाईएको छ ।
पुटिनले ईस्लामिक आतकवाद आईएस विरुद्ध वास्तवीक तहमा सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । ओबामा प्रशासनले आईएसको बहानामा सिरीयाली सेनामाथि हमला गरे पछि रुस र अमेरीकाको सम्बन्ध चिसिदै गएको थियो ।
ओबामा प्रशासनले रुसमाथि अमेरीकी चुनावमा साईबर हमला गरेको आरोप लगाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline