आप्रवासीमाथि कडा जाँच गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

आप्रवासीमाथि कडा जाँच गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, माघ १५ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा आउने आप्रवासीमाथि कडा जाँच गर्न निर्देशन दिनुभएको छ ।

कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा नै राख्नका लागि सुरक्षा जाँचमा कडाई गर्न निर्देशन दिएपनि राष्ट्रपति ट्रम्पले कडाईको स्वरुप कस्तो हुने भन्नेबारे खुलाउनु भएको छैन ।
नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ ग्रहण गराउदै उहाँले ईसाइलाई भने प्राथमिकता दिने धारणा राख्नुभयो ।

आफ्नो देश र देशवासीलाई माया र सहयोग गर्ने मुलुकका जनतालाई भने आफ्नो देशमा आउन दिने ट्रम्पको भनाई छ ।

गत वर्ष मात्र ओबामा प्रशासनले सिरियाका दश हजार शरणार्थीलाई शरण दिएको थियो । ट्रम्पले सिरिया सहित अरु ६ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने पनि बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी