एजेन्सी,माघ १४।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सम्पूर्ण सामानमा कर लगाउने बताउनु भएको छ । उक्त कर बापत उठेको राजश्वबाट मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने बताएको विविसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोको अमेरिका भ्रमण रद्द भएपछि मेक्सिकोबाट आयात हुने सामानको कर तिर्नु पर्ने बताउनुभएको हो ।
ट्रम्पले सीमा क्षेत्रमा लगाउने पर्खालको खर्च मेक्सिकोले पनि व्यहार्नु पर्ने बताएपछि मेक्सिकोका राष्ट्रपतिले आगामी साता हुने भनिएको अमेरिका भ्रमण रद्द गर्नुभएको हो ।
मेक्सिकोबाट आयात गरिने सामानमा २० प्रतिशत कर लगाउने र यसले वर्षमा झण्डै दश अर्ब डलर राजश्व उठ्ने ह्वाइट हाउसलाई उद्धत गदृै विविसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline