काठमाडौं , माघ १३ ।
विश्वका कतिपय मुलुकहरु यस्ता छन् जहाँ महिलालाई बिबाह गर्न केटा नै पाउदैन । उनीहरु कुवारी बस्नुपर्ने बाध्यता छ ।
विश्वमा झण्डै साढे ७ अर्बको हाराहारीमा रहेको कुल जनसङख्याको आधारमा भन्ने हो भने महिला र पुरुषको संख्या लगभग बराबर नै छ ।
तर विश्वमा यस्तो मुलुक पनि छ, जहाँ महिलाको अनुपातमा पुरुषको संख्या एकदमै न्यन छ । सोहि कारण थुप्रै महिहरु अबिवाहित नै रहेका छन् ।
बिशेषगरी हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवा मारिएका छन् भने कयौं विदेश पलायन भएका छन् । त्यस्तै केही युवा जेलमा छन् , जो विभिन्न आरोपमा सजाय काटिरहेका छन् भने युवाको एउटा हिस्सा सेनामा छ ।
फलस्वरुप, सार्वजनिक स्थलमा महिलाको संख्या निकै बढी देखिन्छ । सिरियामा अहिले पनि अविवाहित र एकल महिलाको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।
पछिल्लो एक अध्ययनले त्यहाँ ७० प्रतिशत महिला अविवाहित रहेको देखाएको छ । समाजमा शेष रहेका केही युवामा पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि प्रतिकुलता सिर्जना भएको छ ।
कयौं सिरियाली महिलाले आफूभन्दा निकै पाको उमेरका पुरुषको साथ बिबाह गर्न थालेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएक छन् । त्यति मात्र हैन पुरुष अभावका कारण वहुविवाहको प्रचलनसमेत बढ्न थालेको छ ।
एक २३ वर्षे शिक्षिका याराले आफ्नै हाराहारीमा प्रत्येक चार महिला बराबर एक पुरुष रहेको बताएकी छिन् ।यस्तै रहिरहे एक पुरुषका लागी चार श्रीमती हुँदा पनि महिलाको सङख्या बढी हुने स्थीति आउने बिश्लेषण गरिएको छ ।