माघ १३ एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सीकोसगँको सिमानामा तत्कालै पर्खाल लगाउन आदेश दिनु भएको छ । चुनावमा व्यक्त गरेको प्रतिवद्धता अनुरुप नै ट्रम्पले राष्ट्रपति भएको केही समयमा नै यस्तो आदेश दिनु भएको हो ।
करीब २ हजार किलो मिटर सिमानामा अभेद खालको पर्खाल लगाउन आदेश पत्रमा ट्रम्पले हस्ताक्षर गर्नु भएको छ ।
यो पर्खाल बनाएको सत प्रतिशत खर्च मेक्सीकोले दिनु पर्ने ट्रम्पको तर्क रहे पनि मेक्सीकोले यस्तो प्रस्ताव अस्वीकार गरेको छ ।
सिमाना बिनाको कुनै देश नै नहुने ट्रम्पको तर्क छ ।
यो पर्खाल लगाए पछि अवैध आप्रवासी आउने क्रम रोकिनुका साथै नशालु पदार्थको तस्करी रोकिने ट्रम्पको विस्वास छ ।
साथै यसै आदेशमा ट्रम्पले अवैध आप्रवासी बढी बसिरहेका शहरहरमा जाने राज्य कोषमा कटौती गर्ने प्रस्तावमा पनि ट्रम्पले हस्ताक्षर गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline