सिरियन बालबालिकालाई सहयोग गर्न ट्रम्पलाई सात बर्षे बालिकाको अपिल

सिरियन बालबालिकालाई सहयोग गर्न ट्रम्पलाई सात बर्षे बालिकाको अपिल

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी , माघ १२ ।
अलेप्पो बालिकाको रुपमा चिनिएकी सात वर्षिय बालिका बना अलाबेदले सिरियाली बालबालिकालाई सहयोग गर्न अपिल गर्दै अमेरीकाका राष्ट्रपति ड्रोनाल्ड ट्रम्पलाई पत्र लेखेकी छिन् ।

गत डिसेम्बरमा द्धन्द्धग्रस्त अलेप्पोबाट स्थानीयलाई निकाल्ने क्रममा आफ्नो परिवारसँग टर्की पुगेकी अलाबेदले सिरियाली बालबालीका द्धन्दमा फसेको र उनीहरुलाई शान्ति चाहिएकोले सहयोग गर्न आग्रह गरेकी छिन् ।

अलाबेदले ट्रम्पलाई सिरियाली बालबालिका पनि उनका बालबालिका जस्तै भएको र शान्ति चाहेको लेखेकी छन् ।

अलाबेदले अलेप्पो अहिले मृत शहर जस्तै भएको र आफ्ना केही साथीहरु पनि मारिएको उल्लेख गरेकी छन् । सिरियाली बालबालिकाका लागि ट्रम्पले केही गर्ने बाचा गरे उनी आफ्नो नयां साथी हुने उनको पत्रमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग मिलेर काम गर्ने बताइसकेका छन् ।

रुसले सिरियाली राष्ट्रपति बशार अल असादलाई समर्थन र सहयोग गर्दै आएको छ । असादको शासन विरुद्ध छ वर्ष यता चलेको गृहयुद्धका कारण सिरियामा ३ लाख भन्दा बढी मानिस मारिइसकेका छन् ।

अलाबेदले अलेप्पोबाट ट्वीट गरेका म्यासेजहरुपछि उनी विश्वभर अलेप्पो बालिकाका नामले परिचित बनेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी