दशौं लाख मतदाताले अवैध रुपमा भोट गरे : ट्रम्प

दशौं लाख मतदाताले अवैध रुपमा भोट गरे : ट्रम्प

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी १२ माघ ।  

गत नाभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनमा लाखौं गैरकानुनी मतदाताले मतदान गरेको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका मिडिया प्रवक्ता सिन स्पीसरले करिब ५० लाख मतदाताले बिना कागजात मतदान गरेको दावी गर्नुभएको छ । यद्यपी स्पीसरले यसबारेमा कुनै प्रमाण भने पेश गर्नुभएन ।

ट्रम्पलाई मत दिने भने वैध मतदाता भएको स्पीसरले बताउनु भयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा दशौं लाख मतदाताले गैरकानुनी रुपमा मतदान गरेको आरोप लगाउनु भयो ।

नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हाले लगतै ह्वाइट हाउसले राष्ट्रपतीय निर्वाचनमा दशौं लाख गैरकानुनी मतदाताले मत दिएको अध्ययन तथा प्रमाणले देखाएको दाबी गरेको हो ।

पपुलर मतमा डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टन भन्दा पछि परेपछि ट्रम्पले निर्वाचनका क्रममा धाँधली भएको आरोप लगाउँदै आउनु भएको छ ।

तर उहाँको आरोपको यस अघि नै चुनाव आयोगले खण्डन गरिसकेको छ । राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पनि प्रमाण बिना आरोप लगाएको भन्दै ट्रम्पको आलोचना भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी