एजेन्सी माघ ११ । दक्षिण एशियामा आणविक शक्ति सम्पन्न राष्ट्र मध्यको एक पाकिस्तानले २२ सय किलो मिटर मार हान्न सक्ने ब्यालेष्टीक मिसाईलको सफल परीक्षण गरेको छ ।
आज पाकिस्तानी ईन्टर सर्भिस पव्लिक रिलेसनले विज्ञप्ति जारी गरी मंगलबार उक्त परीक्षण सफल भएको जनाएको छ ।
पाकिस्तानको कुनै पनि भू भागबाट भारतको दिल्ली सहित प्रमुख शहर सम्म मार हान्न सक्ने यो मिसाईल सतह बाट सहतमै मार हान्ने क्षमताको रहेको र बहुआयामिक वार हेडलाई लान सक्ने विज्ञप्तिमा जनाईएको छ । पाकिस्तानको ईस्लामावाद र भारतको दिल्लीको दुरी करीब सात सय किलो मिटर रहेको छ ।
अघिल्लो महिना समुन्द्रबाट मार हान्ने ४ सय किलो मिटरको बाबर ३ को परीक्षण गरिएको थियो । भारतसगँ तनाव बढीरहेका बेला पाकिस्तान र भारत हतियारको परीक्षणको होडबाजीमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline