अमेरिका टीपीपी सदस्य राष्ट्रबाट बाहिरिए

अमेरिका टीपीपी सदस्य राष्ट्रबाट बाहिरिए

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी ११ माघ ।  

अमेरिका पूर्व राष्ट्रपति बाराक ओबामाको पहलमा भएको १२ मुलुक सम्मिलित ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिएको छ ।

नव राष्ट्रपति डोनल्ड ट्रम्पले टीपीपीबाट बाहिरिने पत्रमा हस्ताक्षर गर्नुभएको हो । चुनावी अभियानका क्रममा नै ट्रम्पले टिपिपीलाई निस्क्रिय पार्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

टीपीपी सम्झौताले अमेरिकी उत्पादन क्षेत्रमा ह्रास आएको जिकीर गर्दै ट्रम्पले ओबामा प्रशासनको उक्त निर्णय उल्ट्याउनु भएको अधिकारीहरुले बताएका छन् ।

पूर्व राष्ट्रपति ओबामाको पहलमा जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा तथा मेक्सिकोसहित १२ देशकाबीच आर्थिक सहकार्य बढाउने उद्देश्यले टीपीपी सम्झौता भएको थियो ।

टिपिपी व्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया सम्बन्धको प्रमुख आधार रुपमा लिइएको थियो । तर ट्रम्पले कार्यभार सम्हाले लगतै टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी निर्देशन पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेसँगै राष्ट्रपति ट्रम्पले अमेरिकी कामदारका लागि महतवपूर्ण उपलब्धि भएको बताउनुभयो ।

ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कर्पोरेट ट्याक्सलाई ३५ प्रतिशतबाट घटाइ १५ वा २० प्रतिशतमा झार्ने योजना सुनाउँदै विनिमय दर ७५ प्रतिशतसम्म कटौति गर्न सकिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी