अफ्रिकि मुलुक गाम्बियाको राष्ट्रपति भवन अन्तराष्ट्रिय सेनाको नियन्त्रणमा

अफ्रिकि मुलुक गाम्बियाको राष्ट्रपति भवन अन्तराष्ट्रिय सेनाको नियन्त्रणमा

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

बन्जुल, १० माघ ।
अफ्रिकि मुलुक गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन अन्तर्रा्ष्ट्रिय सेनाले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपतिय चुनावमा पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आउनुभएका निवर्तमान राष्ट्रपति याह्या जामेहले देश छोडेको भोलिपल्ट नै राष्ट्रपति भवन पश्चिम अफ्रिकी क्षेत्रीय सेनाको फौजले नियन्त्रणमा लिएको हो ।

पश्चिमी अफ्रिकी मुलुकहरुको आर्थिक समूह (इकोवास)ले पठाएको सेनालाई राष्ट्रपति भवन नियन्त्रणमा लिन सुरुमा केही गाह्रो भएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका उच्चअधिकारी र अन्तर्रा्ष्ट्रिय सेनाका प्रमुखका बीचमा केही घन्टा वार्ता भएको थियो ।

निवर्तमान राष्ट्रपति जम्मेह राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन हुनुभएको थियो ।

गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्ता त्याग गर्नुभएको हो ।

निर्वासनमा जानुभन्दा केही समय अघि उहाँले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढङ्गले सुल्झाउन सघाउने वचनबद्धता व्यक्त गर्नुभएको थियो ।

चारैतर्फबाट यसको विरोध भएको र पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको दबाबपछि उहाँले देशमा देखावटी निर्वाचनको प्रणाली बसाल्नुभएको थियो । तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदवार आडमा ब्यारोको अप्रत्याशित विजयबाट उहाँ तर्सिनुभएको थियो ।

राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी