अमेरिकामा आएको आँधीबेहेरीका कारण १८ जनाको मृत्यु

अमेरिकामा आएको आँधीबेहेरीका कारण १८ जनाको मृत्यु

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, माघ १० ।
अमेरिकामा आएको शक्तिशाली आँधीबेहेरीमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।  अन्य कयौं घाइते भएका छन् ।

खराब मौसमसँगै आएको आँधी बेहेरीका कारण दक्षिणी क्षेत्र जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको आपतकालीन विभागका अधिकारीहरुले बताएका छन् । यस्तै मिसिसिपीमा पनि चार जनाको मृत्यु भएको छ ।

आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्रका सात काउन्टिमा आपतकालिन अवस्था घोषणा गरिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँको मौसम विभागले फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने चेतावनी दिएको छ । आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ ।

त्यसक्षेत्रका धेरै घरमा क्षति पुगेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल राहत प्रदान गर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी