ट्रम्पको विरोधमा विश्वभर प्रदर्शन

ट्रम्पको विरोधमा विश्वभर प्रदर्शन

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

एजेन्सी,माघ ९।
अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा अमेरिका तथा विश्वभर दशौं लाख मानिसले प्रदर्शन गरेका छन् ।

ट्रम्पको शासनकालमा महिला अधिकार हनन हुने र महिलामाथि यौनसहितका विभिन्न खालका हिंसाका घटना बढ्न सक्ने देखिएको र त्यसप्रति विश्व समुदायलाई सचेत तथा ध्यानाकृष्ट गर्न उक्त र्याली निकालिएको बताइएको छ ।

अमेरिकाको विभिन्न शहरका सडकमा राष्ट्रपति ट्रम्प विरुद्ध भएको प्रदर्शनमा अपेक्षा गरिए भन्दा धेरै मानिस सहभागी भएको छन् । ट्रम्पको विरोधमा विश्वभर ६ सय भन्दा धेरै र्याली निकालिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको राजधानी वासिङटनमा भएको विरोध र्यालीमा पाँच लाख भन्दा धेरै मानिस सहभागी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । र्यालीमा विभिन्न क्षेत्रमा प्रवुद्ध व्यक्तिको पनि सहभागिता थियो ।

बेलायतसहितका विश्वका अरु देशमा पनि ट्रम्पको विरोधमा प्रदर्शन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी