एजेन्सी ,८ माघ ।
अफ्रिकी मुलुक गाम्बियाका राष्ट्रपति याया जाम्मेले निर्वाचनको परिणम स्वीकार गर्दै सत्ताबाट बाहिरिन तयार रहेको बताउनु भएको छ ।
राष्ट्रपतिय निर्वाचनमा पराजय भोगेपछि सत्ता छाड्न अस्वीकार गर्दै आउनुभएका जाम्मेले आफ्नो निर्णयबाट पछि हट्दै सत्ता त्याग गर्न सहमती जनाएको अन्तराष्ट्रि सन्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति याड्मा ब्यारोका निकटवर्तीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार उहाँ सत्ताबाट बाहिरिनुका साथै देश छोड्न सहमत हुनुभएको छ ।
पटकपटकको प्रयासका बाबजुद जाम्मेले पद नछाडेपछि निर्वा्चित राष्ट्रपति याड्माले गत बिहिबार सेनेगलस्थित गाम्भियाको राजदुतावासमा सपथ ग्रहण गर्नुभएको थियो ।
गाम्बियामा जारी गतिरोध अन्त्यका लागि मध्यस्थता गरिरहेका अफ्रिकी मुलुकमध्येका गिनि र मोरिटेनियाका राष्ट्रपतिले जाम्मेसंग घण्टै लामो वार्ता गर्नुभएके थियो ।
सन् १९९४ मा कू गरेर सत्तामा आएका जाम्मे गत महिना सम्पन्न चुनावमा पराजित हुनुभएको थियो ।
गााम्बियामा सत्ता हस्तान्तरण गराउन सेनेगल लगायत अन्य अफ्रिकी मुलुकले लामो कसरत गरेका थिए । सत्ता छोड्न पश्चिम अफ्रिकी मुलुकले जाम्मेलाई दिएको समयसीमा हिजो नै सकिएको थियो ।