अमेरीकी जनताको जित सुरु भएको ट्रम्पको उद्घोष , पुरानो गौरव फिर्ता गर्ने प्रतिबद्धता

अमेरीकी जनताको जित सुरु भएको ट्रम्पको उद्घोष , पुरानो गौरव फिर्ता गर्ने प्रतिबद्धता

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी ,माघ ८।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले अमेरीकाको पुरानो गौरव फिर्ता गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलको पश्चिम क्षेत्रको अगाडिको भागमा आयोजित एक भव्य समारोहकाबीच ४५ औं राष्ट्रपतिको रुपमासपथ ग्रहण गरेलगत्तै सकर्थकलाई संबोधन गर्दै ट्रम्पले वासिङटनको शक्ति जनतामा सरेको बताउनु भयो ।

करिब १६ मिनेट लामो आफ्नो पहिलो औपचारीक संबोधनमा राष्ट्रपति ट्रम्पले अमेरीकालाई सदैव सर्वोच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।अब इस्लामिक चरम्पन्थीलाई पुरै दुनियाबाट समाप्त पार्ने पनी ट्रम्पको घोषणा छ ।

बिगतमा थुप्रै रोजगारी गुमाउनुपरेको उल्लेख गर्दै उहाँले अब अमेरीकि जनताको विजय यात्रा सुरु भएको उद्घोष गर्नुभयो ।अब यसअघि कहिलै प्राप्त नगरेको सिजत हासिल गर्ने पनि उहाँको घोषणा छ ।

परराष्ट्र नीति , सुरक्षा, कर आदि सबै क्षेत्रमा अमेरीकालाई प्राथमिकतामा राखेर काम गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता छ ।

७१ वर्षीय ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाउनुभयो ।

दाहिने हात उठाएर, बायाँ हात बाईबालमा राख्दै सपथ लिने परम्परा अनुरुप ट्रम्पले श्रीमती तथा नयाँ प्रथम अमेरिकी महिला मेलानिया ट्रम्पको हातमा रहेको बाईबलमा हात राख्दै सपथ लिनुभएको थियो । स्थापनादेखि नै अमेरिका धर्म निरपेक्ष मुलुक भए पनि बाईबल छोएर सपथ लिने परम्परालाई अमेरिकी राजनीतिमा धर्मको बलियो प्रभावको रुपमा विश्लेषण गरिन्छ ।

गतवर्षको निर्वाचनमा अप्रत्यासित जित हासिल गर्नुभएका ट्रम्पले सपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर प्रार्थना गर्नुभएको थियो ।

आफ्नो बोलि र व्यवहारको कारण उमेदवारी दिंदैदेखि निकै चर्चामा रहेका ट्रम्पले अब विधिवत रुपमा विश्व शक्ति अमेरिकाको नेतृत्व सम्हानुहुनेछ ।

सपथ लिएसँगै अब ह्वाइट हाउस आएर उहाँले कुनै औपचारिक निर्णय गर्नुहुनेछ । उहाँले बाराक ओबामा प्रशासनले जारी गरेको कार्यकारी आदेश खारेज गर्न सक्ने आंकलन अन्तर्रा्ष्ट्रिय संचार माध्यमहरुले गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी