अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज भव्य समारोहकाबीच सपथ ग्रहण गर्दै

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज भव्य समारोहकाबीच सपथ ग्रहण गर्दै

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ७ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि पदभार सम्हाल्दै हुनुहुन्छ । गएको नोभेम्बरमा भएको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

आज ह्वाइट हाउसमा एक भव्य समारोहकाबीच ट्रम्पले ४५ औं राष्ट्रपतिको शपथ ग्रहण गर्दैहुनुहुन्छ । ट्रम्पको शपथ ग्रहण समारोह नेपाली समय अनुसार राति पौने ११ बजे बाट सुरु हुने छ । आजदेखि नै राष्ट्रपति बाराक ओबामाको कार्यकाल पूरा हुँदैछ ।

ट्रम्प शपथ ग्रहण समारोहका लागि ह्वाइट हाउस पुगीसक्नु भएको जनाइएको छ । नव नियुक्त राष्ट्रपति टम्पका सामु विभाजित देशलाई एक बनाएर लैजाने चुनौती रहेको छ ।

चुनावी अभियानदेखि नै महिलामाथिको प्रतिक्रिया तथा विभिन्न यौन दुव्र्यवहारका आरोप तथा भिडियोका कारण ट्रम्प आलोचित हुदै आउनु भएको छ । रिपब्लिकन पार्टी भित्रकै धेरै नेता पनि ट्रम्पको व्यवहारबाट असन्तुष्ट रहेका छन् ।

यसैगरी चुनावका बेला रुसले गरेको ह्याकिङ र ट्रम्पलाई सहयोग गर्न चाहेको भन्ने गुप्तचर विभागको प्रतिवेदनका कारण पनि ट्रम्प आलोचनाको घेरामा हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी