अमेरिकाको ४५ औ राष्ट्रपतिमा ट्रम्पले आज शपथ लिदै, ह्वाइट हाउसमा भव्य तयारी

अमेरिकाको ४५ औ राष्ट्रपतिमा ट्रम्पले आज शपथ लिदै, ह्वाइट हाउसमा भव्य तयारी

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ माघ ७।
अमेरिकाको ४५ औ राष्ट्रपतिमा आज नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । ट्रम्पले आजैदेखि जिम्मेवारी समेत सम्हाल्दै हुनुहुन्छ ।

गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्या्टिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन ट्रम्प राष्टपतिमा निर्वाचित हुनु भएको थियो ।

ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले आज राष्ट्रपतिको शपथ ग्रहण गर्नु हुने छ । शपथ समारोहका लागि ह्वाइट हाउसमा भव्य तयारी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आजैदेखि राष्ट्रपति बाराक ओबामाको कार्यकाल पनि पूरा हुँदैछ । शपथ ग्रहण समारोहका लागि ट्रम्प ह्वाइट हाउस पुगेको बताइएको छ ।

ट्रम्प चुनावी अभियानदेखि नै महिला माथिको प्रतिक्रिया तथा विभिन्न यौनदुव्र्यवहारका आरोप तथा भिडियोका कारण आलोचनको घेरामा रहेका छन् । ट्रम्पले महिलाप्रति व्यक्त गर्ने विचार अपमानजनक भएको भन्दै व्यापक आलोचना हुने गरेको छ ।

ट्रम्पको गतिविधिबाट रिपब्लिकन पार्टी भित्रका धेरै नेता तथा कार्यकर्ताहरु पनि असन्तुष्ट रहेका छन् । यस्तै विभिन्न विषयमा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने विचारका कारण पनि ट्रम्पको आलोचना हुने गरेको छ ।

यसैगरी चुनावका बेला रुसले गरेको ह्याकिङ र ट्रम्पलाई सहयोग गर्न चाहेको भन्ने गुप्तचर विभागको प्रतिवेदनका कारण पनि ट्रम्प आलोचनाको घेरामा रहेका छन् ।

विश्लेषकले अमेरिका इतिहासकै विभाजित अवस्थामा रहेको बताइरहेका बेला ट्रम्पका लागि विभाजित देशलाई एक बनाएर लैजानु चुनौतीपूर्ण देखिएको छ । तर ट्रम्पले भने देश चुनावी अभियान भन्दा पहिलेदेखि नै विभाजित रहेको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी