ईटलीमा हिम पहिरोले होटेल पुरियो

ईटलीमा हिम पहिरोले होटेल पुरियो

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

इटाली ६ माघ । मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा तीस जना बेपत्ता भएका छन् ।

हिजो मात्र त्यहाँको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भूकम्प गई तहसनहस पारेको थियो ।

सोही भूकम्पका कारण विशाल हिम पहिरो गई त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

हिजोको भूकम्प पश्चात् सानातिना धक्का बारम्बार गइरहहेको हुँदा मध्य इटालीको आब्रुज्जो क्षेत्रमा अवस्थित रिगोपियानो नामक उक्त तीनतले होटलमा बस्ने पाहुनाहरूले पहिरो जाने ठूलो खतराको सम्भावना रहेको भनी हिजो बेलुकै दैवीप्रकोप नियन्त्रण सम्बद्ध अधिकारीहरूलाई इमेल, एसएमएस मार्फत् सूचना दिई सचेत गराएको एएनसीए समाचार समितिले जनाएको छ ।

हिम पहिरो गइसकेपछि तत्कालै विभिन्न कठिनाइ पार गर्दै जसोतसो घटनास्थल पुगेका उद्धारकर्मीहरूले केबल दुईजनालाई मात्र जीवितै उद्धार गर्न सकेका छन् ।

केही हप्ता पहिलेदेखि युरोपका धेरैजसो भूखण्डमा भारी हिमपातका कारण सर्वत्र हिउँ नै हिउँको थुप्रोले ढाकेकाले उद्धार कार्य अत्यन्त कठीन रहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ ।

त्यस्तै, बाटाघाटाहरू पूरै बन्द भई दिनाले हिउँले पुरिएको उक्त होटेलसम्म पनि स्कीको सहारा लिई बल्लतल्ल पुग्न सकिएको बताइएको छ ।

सो होटेल इटालीको समुद्रतटवर्ती नगर पेस्काराबाट ४५ किलोमिटर टाढा रहेको ग्य्रान्ड सास्सो राष्ट्रिय निकुन्ज भित्र र समुद्र सतहदेखि एक हजार दुई सय मिटर (तीन हजार नौसय चालीस फिट) को उचाइमा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी