रुसमाथिको प्रतिबन्ध नहटाउन ओबामाको ट्रम्पलाई सुझाव

रुसमाथिको प्रतिबन्ध नहटाउन ओबामाको ट्रम्पलाई सुझाव

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी, माघ ६ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउन नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सल्लाह दिनु भएको छ ।

ह्वाइट हाउसबाट भोलिदेखि बाहिरीन लाग्नु भएको राष्टपति ओबामाले नवनिर्वाचित राष्टपति ट्रम्पलाई यस्तो सुझाव दिनु भएको हो ।

जबसम्म रुसले आफ्ना काममा सुधार गर्दैन तबसम्म रुस माथिको प्रतिबन्ध हटाउन नहुने उहाँको भनाई छ । यूक्रेनको सम्प्रभुता माथिको अतिक्रमण जस्ता अक्षम्य काम रुसबाट भएको ओबामाले बताउनु भयो ।

ह्वाइटहाउसमा आठ वर्ष बिताएपछि राष्ट्रपतिका रुपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा ओबामाले भ्लादीमिर पुटिनले अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध कायम गरेको र यो शीत युद्ध जस्तै रहेको पनि उल्लेख गर्नु भयो ।

आफू नागरिकको स्वतन्त्रताको पक्षमा सधै आवाज उठाइ रहने पनि ओबामाले प्रष्ट पार्नु भएको छ । यस्तै नवनिर्वाचित राष्टपति ट्रम्पले भने भोली पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ ।

यद्यपी ५० जना सिनेटरले भने शपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय गरेका छन् । ट्रम्पको अभिव्यक्ति र कार्यशैलीप्रति विरोध जनाउँदै डेमोक्रेटीक सिनेटरहरुले शपथ समारोह बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी