स्वास्थ्यमा समस्या देखिएपछि अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी ५ पौष ।  

स्वास्थ्यमा समस्या देखिएपछि अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस अस्पताल भर्ना भएका छन् । ९२ वर्षीय बुसलाई आज होस्टनस्थित अस्पतालमा भर्ना गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

उनलाई अस्पताल भर्ना गर्नुको कारणका बारेमा केही बताइएको छैन । बुसको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिएका छन् ।

पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटक–पटक अस्पताल भर्ना गरिएको अधिकारीहरुले बताएक छन् । जीवित चारजना पूर्वराष्ट्रपति मध्ये बुस सबैभन्दा बढी उमेरको हुन् ।

उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बन्नु भएको थियो । बुसका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी