एजेन्सी माघ ५।
नाइजेरियाको वायु सेनाले गरेको गल्तिका कारण कम्तीमा १ सय जनाको मृत्यु भएको छ । घटनामा एक सय २० जना घाइते भएका छन् ।
नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा उनीहरुको मृत्यु भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिद्रोही विरुद्धको कारवाहीको क्रममा गल्तिबस सर्वसाधारण नागरिकमाथि आक्रमण भएको नाइजेरियाली सेनाले दाबी गरेको छ । नाइजेरिया तथा क्यामरुनको पूर्वोत्तर सीमा नजिक घटना भएको हो ।
नाइजेरियाली सेनाले बिद्रोही संगठन बोको हरामविरुद्ध कारवाही अभियान चलाइरहेको छ । बोको हरामका लडाकु सम्झेर गल्ती बस आम नागरिकको शिविरमा आक्रमण भएको सेनाका प्रवक्ता मेजर जनलर लकी इराबोरले बताउनुभयो ।
यस्तै राष्ट्रपति मुहम्मदु बुहारीले घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्त रहन आग्रह गर्नु भएको छ । नाइजेरियाली सेनाले यस्तो गल्ति गरेको यो पहिलो पटक हो ।