एजेन्सी माघ ५ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले गोप्य सूचना चुहाउने अमेरिकी सेना चेल्सी मेनिङको जेल सजाय घटाइदिनु भएको छ ।
उनले सन् २०१३ मा विकिलिक्सलाई लाखौं संवेदनशील सैन्य दस्तावेज उपलब्ध गराएको अभियोग प्रमाणित भएको थियो । जसका कारण ३५ बर्षीया मेनिङलाई ३५ वर्षको जेल सजाय दिइएको थियो ।
अमेरिकी इतिहासमै यति ठूलो परिमाणमा दस्तावेज लीक भएको यो पहिलो पटक थियो । सन् २०४५ मा रिहा हुनु पर्ने मेनिङको सजाय अवधि घटेपछि आगामी मे मा रिहा हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मेनिङले जेल मै धेरै पटक रिहाईको माग गर्दै भोक हड्ताल र आत्महत्याको प्रयाससमेत गरेका थिए । ओबामा प्रशासनलााई उनलाई रिहा गर्न निकै दबाब थियो ।
आफ्को कार्यकालको अन्तिम दिनहरुमा रहेका राष्ट्रपति ओबामाले आफ्नो कार्यकालमा १३ सय ८५ जनाको सजाय कम गर्नु भएको छ भने २ सय १२ जनाको सजाय माफ गर्नु भएको छ ।