ट्रम्पका बारेमा आपत्तिजन जानकारी छ भन्ने आरोप कपोलकल्पित : पुटिन

ट्रम्पका बारेमा आपत्तिजन जानकारी छ भन्ने आरोप कपोलकल्पित : पुटिन

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ ५ पौष ।  

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवर्विाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा आफूहरुसँग आपत्तिजन जानकारी रहेको भन्ने आरोप कपोलकल्पित भएको बताउनु भएको छ ।

ट्रम्प राजनीतिमा आउनु पूर्व नै उहाँका बारेमा निगरानी गर्नु पर्ने कुनै कारण नरहेको पुटिनको भनाई थियो । उहाँले ट्रम्पका बारेमा आपत्तिजनक जानकारी रहेको भन्ने खबर आधारहिन रहेको बताउनु भयो ।

अमेरिकी गुप्तचर विभागले गत साता सार्वजनिक गरेको प्रतिवेदनमा रुसले अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्न खोजेको र ट्रम्पको निजी जिन्दगीसँग गोप्य र आपत्तिजनक डिभियो सहितका जानकारी रहेको उल्लेख गरेको थियो ।

ट्रम्प सन् २०१३ मा मस्कोमा भएको मिस युनिभर्समा सहभागी हुन गएको र त्यसबेला त्यहाँको रिट्ज कारल्टन होटलमा ट्रम्प एक यौनकर्मी महिलासँग बसेको आरोप छ । रुससँग त्यसबेलाको भिडियो रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी