एजेन्सी, माघ ४ ।
टर्कीको इस्तानबुल स्थित एक रात्री क्लबमा भएको आतंकवादी आक्रमणका मुख्य अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अब्दुलकादिर मासारिपाव रहेका छन् । उनी इस्तानबुलको एसनयुर्त जिल्लाबाट पक्राउ परेको बताइएको छ ।
मासारिपावले नयाँ वर्षको खुसीयाली मनाउन इस्तानबुलको रेना नाइट क्लबमा भेला भएकाहरु माथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
घटनामा ३९ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए । उक्त आक्रमणको आइएसले सिरियाको एलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदलामा आफूहरुले गरेको भन्दै जिम्मा लिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline