किर्गिस्तानमा घरको छानामाथि प्लेन खसेर दुर्घटना ३२ जनाको मृत्यु

किर्गिस्तानमा घरको छानामाथि प्लेन खसेर दुर्घटना ३२ जनाको मृत्यु

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

बिस्केक ३ माघ । किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको  छ । मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन् । उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन् ।

उक्त विमान स्थानीय समय अनुसार बिहानको ७ः३० बजे डाचा–सु गाउँमा दुर्घटनामा परेको किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताले बताए । मर्नेमा प्रायः सोही गाउँका वासिन्दा भएको जानकारी दिइएको छ । टर्किस एयरलाइन्सको उक्त विमान हङकङबाट किर्गिजस्तानको राजधानी बिस्केक हुँदै इस्तानबुृलतर्फ उडेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी