एजेन्सी माघ ३ । पाकिस्तानको आतकवाद विरोधी एक अदालतले आफ्नी छोरीलाई जिउदै जलाएर मारेको अभियोगमा एक महिलालाई मृत्यु दण्डको सजाय सुनाएको छ ।
जुन २०१६ मा लाहोरकी १८ वर्षे जिनान्त राफिकलाई उनकी आमाले आफू खुसी बिहे गरेको झोकमा आगो लगाएर हत्या गरेकी थिईन् ।
परवीन विवि नामकी महिलाले ए युवासगँ आफ्नो ईच्छा विपरीत अदालतमा विवाह गरेपछि आक्रोसित भएर आगो लगाएकी हुन् । अदालत समक्ष उनले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।
साथै अदालतले सोमबार मृतक राफीककी दाजुलाई आजीवन काराबासको सजाय तोकेको छ । उनले बहिनीको हत्या गर्न आमालाई सहयोग गरेको अभियोग थियो ।
मृतक राफिककी पति हसन खानले परिवारले परम्परागत बिबाह गरिदिने भन्दै बोलाए पछि उनले श्रीमतिलाई माईत पठाएको तर त्यसको भोली पल्टै हत्या भएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline