एसियाली मुलुकमा विद्युतीय फोहोर उत्पादन बढ्यो

एसियाली मुलुकमा विद्युतीय फोहोर उत्पादन बढ्यो

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

एजेन्सी , २ माघ ।

एसियाली मुलुकहरुमा विद्युतीय फोहोर उत्पादनमा तिब्र बृद्धि भईरहेको एक अध्ययनले देखाएको छ ।

बिद्युतीय फोहरकै कारण वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने देखिएको संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

करोडौँ मानिसको स्मार्ट फोन तथा अन्य विद्युतीय सामग्रीप्रति बढ्दो आकर्षण र एसियाली जनताको आम्दानीमा वृद्धि हुँदा विद्युतीय फोहोर तीव्रस्तरमा वृद्धी भएको प्रतिवेदनमा उल्लेख छ ।

एसियामा पछिल्लो पाँच वर्षमा विद्युतीय फोहोर उत्पादन पाँच वर्ष पहिलेको तुलानामा ६३ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यस क्षेत्रका प्राय राष्ट्रमा विद्युतीय फोहोरलाई पुनः प्रयोग र सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने निष्कर्ष समेत निकालेको छ ।

राष्ट्रसङ्घ विश्व विद्यालयका दीगो फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रमुख रुइडिगर कुइरले फोहर उत्पादनमा कमि र व्यावस्थापन उचित तरिकाले नगरे भविश्यमा मानव स्वास्थ्यमा ठुलो असर गर्ने बताउनु भयो । एसियाली जनताको फोन, ट्याबलेट, रेफ्रिजेरेटर, व्यक्तिगत कम्प्यूटर र टेलीभिजनप्रतिको अत्याधिक आकर्षणका कारण पनि फोहर उत्पादनमा बढेको छ ।

पछिल्ला केही वर्षमा चीन र एसियाली केही अन्य भू–भाग विकशित राष्ट्रमा उत्पादित विद्युतीय फोहोर थुप्राउने ठाउँ बने पनि फोहोरलाई पुनः प्रयोग गर्न अपनाइने गरेको प्रविधि प्रायजसो अन्यन्त सस्तो र असुरक्षित प्रविधियुक्त कम्पनीमा गराउने गरको प्रतिवेदनको ठहर छ ।

तर प्रतिवेदनले एसियालाई पछिल्लो समय विद्युतीय फोहोर उत्पादन गर्ने मुख्य स्रोत केन्द्र बनेको बताएको छ ।

यसैबीच राष्ट्रसङ्घीय निकायद्वारा गरिएको अध्ययनले अव्यवस्थित तथा गैरकानूनी विद्युतीय फोहोर व्यवस्थापनका कारण वातवारणमा अत्यन्तै विषालु रसायन प्रवाह हुने र यसबाट जैविक स्वास्थ्य र बातावरणमा समेत नकारात्मक परिणाम निम्तिएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी