भारत बिहारमा डुंगा दुर्घटना : २१ जनाको मृत्यु

भारत बिहारमा डुंगा दुर्घटना : २१ जनाको मृत्यु

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २ माघ ।  

भारत बिहारको पटनास्थित गंगा नदीमा गएराति डुंगा दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । बलपुर दियाराबाट पटना घाट जाँदै गरेको डुंगा गंगा नदीमा डुबेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनास्थलबाट १० जनालाई सुरक्षित निकालिएको छ । क्षमता भन्दा बढी यात्रु सवार रहेकाले डुंगा दुर्घटना भएको प्रहरीको अनुमान छ । डुंगामा ४० जना रहेको अनुमान गरिएको छ ।

बिहारका मुख्य मन्त्री नीतिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बेपत्ताको खोजी तथा घाइतेको उपचार र राहत कार्यलाई तीब्र बनाउन उहाँले निर्देशन समेत दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी