एजेन्सी पुष २९ । चीनीया विदेश मन्त्रालयले दक्षिण कोरीयामा अमेरीकाले स्थापना गर्न लागेको थाड मिसाईल सिस्टमको विरुद्ध रुस र चीनले उभिनुको कारण क्षेत्रीय शान्तिका लागि भएको बताएको छ ।
चीनीया विदेश मन्त्रालयका प्रवत्ता लु काङले रुस र चीनले सयुक्त रुपमा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स ( थाड ) विरुद्ध रुस र चीनले आपत्ति जनाउदै अमेरीकाको विरोध गरेको भोली पल्ट यस्तो बताउनु भएको हो । काङले रुस र चीन मात्र नभई अरु क्षेत्रीय देशहरुले समेत यस विषयमा बोल्नु पर्ने बताउनु भयो ।
दक्षिण कोरीयामा अमेरीकाले तैनाथ गर्ने थाडले चीन तथा रुसको भूमिमा समेत असुरक्षा पैदा गर्ने र क्षेत्रीय सैन्य सन्तुलनमा गंभीर आघात पुग्ने भन्दै मिलेर प्रतिवाद गर्ने दुवै देशले घोषणा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline