अमेरिकी उपराष्टपति बिडेन स्वतन्त्रता सम्मानबाट विभुषित

अमेरिकी उपराष्टपति बिडेन स्वतन्त्रता सम्मानबाट विभुषित

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

एजेन्सी, पुस २९ ।
अमेरिकी उपराष्ट्रपति जोय बिडेनलाई स्वतन्त्रता सम्मान प्रदान गरिएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले बिडेनलाई राष्ट्रपति स्वतन्त्रता सम्मानबाट विभूषित गरेका हुन् ।

दुबै व्यक्ति ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रपति ओबामाले अमेरिकी जनता र मुलुक प्रतिको विश्वास एवं जीवन भरको सेवाका कदर स्वरुप सम्मान गर्न पाउनु गर्वको कुरा भएकोे बताउनु भयो ।

कार्यक्रममा उपराष्ट्रपति बिडेनले आफू आगामी दिनमा डेमोक्रेटिक पार्टीको राजनीतिमै समर्पित हुने बताउनु भएको छ । आश्चर्यजनक रुपमा सम्मान प्राप्त गर्दा उपराष्ट्रपति बिडेन निकै नै भावुक बन्नु भएको थियो ।

नागरिकलाई प्रदान गरिने यो सबैभन्दा उच्च अमेरिकी सम्मान हो । आगामी जनवरी २० तारिखमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि राष्टपति र उपराष्टपति दुबै पदबाट मुक्त हुनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी