एजेन्सी पुष ३० । रुस विरुद्ध कडा रुपमा आलोचनामा उत्रिएको ओबामा प्रशासनले सैन्य सन्तुलनका लागि भन्दै पोल्याण्डमा रुसलाई लक्षित गर्दै ३ हजार सेना र ८७ वटा अब्राहम टैकहरु पठाएको छ ।
यसप्रति रुसले कडा प्रतिकृया दिएको छ । शीत युद्धको अन्त्य पछि सबै भन्दा ठूलो सैन्य उपस्थिति अमेरीकाले जनाएको यो पहिलो पटक हो ।
पोल्याण्डको सिमानामा रुसले सुखोई मिसाई सिस्टम र रोबोर्ट तैनाथ यस अघि नै गरीसकेको छ । रुसी राष्ट्रपतिका प्रवत्ता दिमित्री पेस्कोवले यो रुसको ईन्टरेष्ट र सुरक्षामाथिको चूनौती भएको भन्दै विरोध जनाएका छन् ।
रुसको यूरोप छिर्ने ढोकामा अमेरीकी सेनाको तैनाथीले अस्थीरता पैदा गर्ने बताए । रुसी सहायक विदेश मन्त्री एलेक्जाई मिरकोभले अमेरीकाको यो कदमले यूरोपकै सुरक्षामा खतरामा पर्ने चेतावनी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline