नवनिर्वाचित अमेरिकी राष्टपतिद्धारा मुलुकै जासूसीहरु प्रति कडा आलोचना

नवनिर्वाचित अमेरिकी राष्टपतिद्धारा मुलुकै जासूसीहरु प्रति कडा आलोचना

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, पुस २८ ।
नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकको जासूसी संस्थाहरु आलोचना गर्नु भएको छ ।

रुससँग आफ्ना विरुद्ध निकै गोप्य र खतरनाक प्रमाणहरु रहेको भन्ने सूचना सार्वजनिक गराइएको भन्दै उहाँले आफ्नै देशका जासूसी संस्थाहरुविरुद्ध आक्रोश व्यक्त गर्नु भएको हो ।

रुससँग ट्रम्पको विरुद्धमा आपत्तिजनक जानकारी भएको भन्ने जस्ता सूचना चुहाउन पनि जासूसी निकायहरुकै हात रहेको उहाँको आरोप थियो ।

राष्ट्रपतिमा निर्वा्चित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उहाँले ती कागजातहरु पूरै झूठो रहेको जिकीर गर्नु भयो ।

ट्रम्प यौनकर्मी महिलाहरुसँग रहेकोे भिडीयो र अन्य कारोबार बारेका गोप्य जानकारी रुससँग रहेको खबर बाहिर आएपछि ट्रम्पले पत्रकार सम्मेलन गर्दै ती सबै झूठा आधारहिन रहेको जिकीर गर्नु भएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

जासूसी संस्थाहरुबाटै यस्ता झूठपूर्ण प्रचार गरिनु कार्य अशोभनीय भएको उहाँको भनाई थियो । उहाँले आगामी जनवरी २० तारिखमा राष्टपतिको पद तथा गोपनियताको शपथ लिदै हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी