एजेन्सी पुस २६ ।
कोलम्बियाको भिजा भिशेन्सीयो शहर नजिक रहेको एउटा झोलुङ्गे पुल भत्किदा ११ जनाको मृत्यु भएकोे छ । दर्जनौ घाईते भएका छन् ।
ग्रामिण क्षेत्रमा रहेको उक्त पुल दुर्घटनामा परि मृत्यु हुनेहरुमा अधिकांशमा स–साना बालबालिका छन् ।
आन्तरिक पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र रहेको उक्त पुलमा क्षमता भन्दा बढी मानिस चढेकाले पुल भत्किएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै विविसीले जनाएको छ ।
दुर्घटनाका समय छुट्टी मनाउन आएका पर्यटकको पुलमाथि घुँईचो लागेको स्थानीयले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline