ट्रम्पले आफ्नै ज्वाईलाई ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने

ट्रम्पले आफ्नै ज्वाईलाई ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी २६ पौष ।   

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाई जारेड कुशनरलाई ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका ३५ वर्षीय कुशनरले ह्वाइट हाउसमा रहेर आन्तरिक र वाह्य नीति सम्बन्धि काम हेर्ने जनाइएको छ ।

राष्ट्रपति निर्वाचनमा ससुरा ट्रम्पलाई अर्थ संकलन गर्न कुशनरले ठूलो भूमिका निर्वाह गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारमा नियुक्ति भएसँगै आगामी दिनमा मध्य पूर्वमा व्यवसाय सम्बन्धि सम्झौता गर्ने जिम्मेवारी कुशनरको रहने जनाइएको छ ।

यद्यपि सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी कानूनको उल्लंघन हुने भन्दै केहीले आलोचना समेत गरेका छन् । कुशनर घरजग्गा कारोबारी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी