इरानका पूर्व राष्ट्रपति रफसन्जानीको निधन

इरानका पूर्व राष्ट्रपति रफसन्जानीको निधन

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी २५ पौष ।  

इरानका पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघात भएपछि तेहरानस्थित एक अस्पतालमा भर्ना हुनु भएका उहाँको उपचारका क्रममा निधन भएको हो ।

सन् १९८० पछि उहाँलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ । १९८९ देखि १९९७ सम्म राष्ट्रपति पद सम्हाल्नु भएका रफसन्जानीले सन् २००५ मा भएको निर्वाचनमा हार व्यहोर्नु भएको थियो ।

पूर्व राष्ट्रपति रफसन्जानीको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी