भारतले बलुचिस्तान र कराचीमा आतकवादलाई प्रायोजन गरेको प्रमाण प्रस्तुत , आन्तरीक मामलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह

भारतले बलुचिस्तान र कराचीमा आतकवादलाई प्रायोजन गरेको प्रमाण प्रस्तुत , आन्तरीक मामलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पुष २४ एजेन्सी । पाकिस्तानले छिमेकी मुलुक भारतले बलुचिस्तान, फाटा र कराचीमा भारतले आतंकवादीहरुलाई प्रायोजन गरीरहेको प्रमाण राष्ट्रसंघमा प्रस्तुत गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरसनलाई राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि माहिला लोधीले एक दस्तावेज हस्तान्तरण गर्दै भारतको यस्तो क्रियाकलाप रोक्न आग्रह गर्नु भएको छ ।

यस प्रमाण मध्य सन् २०१६ मा बलुचिस्तानबाट पक्राउ परेका भारतीय जासुसी संस्था रअका अधिकारी कुलभुषण यादवको बयानको भिडियो समेत सार्वजनिक गरिएको थियो ।

जहा यादवले रअका लागि आफूले काम गरीरहेको र बलुचिस्तानमा विद्यार्थी संगठन, तथा युवा संगठनहरुमा आतकवाद प्रवद्र्धन गर्न आफूलाई खटाईएको बताएको दावी गरिएको छ ।

पाकिस्तानका विदेश सचिव सरतात अजीजले भारतले गरीरहेको हस्तक्षेपले राष्ट्रसघंको नियमको उलंघन गरीरहेको भन्दै यसलाई नरोकिएमा विश्व तथा क्षेत्रीय शान्तिको लागि खतरा हुने चेतावनी दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी