एजेन्सी २३ पौष ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई जिताउने गरी सहयोग गर्न निर्देशन दिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
अमेरिकी गुप्तचर विभाग सिआइएले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पुटिनको निर्देशनमा दखल दिने काम भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा पुटिनले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई नोक्सानी हुने र ट्रम्पले जित्ने गरी अभियान चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ ।
पुटिनको निर्देशनमा भएको अभियान अन्तर्गत डेमोक्रेटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै रुसी अभियान अन्तर्गत क्लिन्टनको चुनावी अभियान व्यवस्थापन प्रमुख जोन पोडेस्टासहित क्लिन्टनका नजिकका सहयोगीको पनि इमेल ह्याक भएको थियो ।
रुसले लामो प्रयासपछि अमेरिकी स्वतन्त्र प्रजातान्त्रिक व्यवस्थालाई कमाजोर पार्न प्रयास गरेको गुप्तचर विभागको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकी गुप्तचर विभागले पहिलो पटक राष्ट्रपतीय चुनावमा रुसले गरेको ह्याकिङ तथा त्यसको उद्देश्यसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।