हेल्थ केयर कानुनको रक्षा गर्न डेमोक्रेटीक नेताहरुलाई ओबामाको आग्रह

हेल्थ केयर कानुनको रक्षा गर्न डेमोक्रेटीक नेताहरुलाई ओबामाको आग्रह

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी, पुस २१ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो सरकारले ल्याएको हेल्थकेयर कानुनको जमेर रक्षा गर्न डेमोक्रेटीक नेताहरुसँग आग्रह गर्नु भएको छ ।

नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा हेल्थकेयर बिल खारेज गर्ने काम आफ्नो पहिलो निशानामा राखेका बेला ओबामाले उक्त कानुनलाई कसरी रक्षा गर्न सकिन्छ भनेर छलफल गर्नु भएको हो ।

उपराष्ट्रपतिमा निर्वा्चित माइक पेन्सले पनि स्वास्थ्य बिमा सम्बन्धि उक्त कानुन खारेज गर्ने बताउनु भएका बेला ट्रम्प प्रशासनको पहिलो निशानामा उक्त बिल पर्ने निश्चित भएको अन्तराष्टिय सञ्चार माध्यममले जनाएका छन् ।

उक्त कानुनले थप दुई करोड अमेरिकी नागरिकलाई सेवा र्पुयाउने लक्ष्य लिएको छ । ओबामाले सो कानुन जोगाउन दुबै सदनमा बलियो ढंगले प्रस्तुत हुन पनि सांसदहरुलाई आग्रह गर्नु भएको विवीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी