उत्तरी सिरियामा भएको हवाइ आक्रमणमा परी २५ जनाको मृत्यु

उत्तरी सिरियामा भएको हवाइ आक्रमणमा परी २५ जनाको मृत्यु

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी,पुस २०।
उत्तरी सिरियामा गरिएको हवाई आक्रमणमा परी कम्तिमा २५ जिहादीको मृत्यु भएको छ । आक्रमणमा प्रमुख जिहादी संगठनका वरिष्ठ लडाकु पनि मारिएको अधिकारीहरुले दावी गरेका छन् ।

जबहाथ फतेह अल शाम नामक गूटमाथि गरिएको आक्रमण अमेरिका वा रुस कसले गरेको भन्ने नखुलेको ब्रिटेनस्थित सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सलाई उद्धत गर्दै विविसीले जनाएको छ ।

पहिले नूस्रा फ्रन्टको नामले चिनीने उक्त गूटका प्रवक्ताले भने आक्रमण अमेरिकाले गरेको दावी गरेको छ । यस्तै सिरियामा जारी युद्ध विराममा उक्त समूह संलग्न नरहेको रुस र टर्कीले जनाएका थिए ।

रुस र टर्कीको समन्वयमा सिरियाली सरकारी सेना र विद्रोही बीच गत साता युद्धविराम सम्झौता भएको थियो । यसै महिनाको अन्तिममा काजकस्तानको अस्तानामा शान्ति वार्ता गर्ने तयारी गरिएको छ । काजाकिस्तानमा तर विपक्षीले भने उक्त वार्तामा नबस्ने जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी