एजेन्सी, पुस १९।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु माथि लागेको भ्रष्टाचार आरोपको विषयमा उहाँसँग प्रहरीले सोधपुछ गरेको छ ।
प्रहरीले भ्रष्टाचार आरोप माथिको छानबिनको क्रममा प्रधानमन्त्री नेतन्याहुसँग सोधपुछ गरेको इजरायलको न्याय मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री नेतन्याहुमाथि व्यावसायीबाट ठूलो मात्रामा आर्थिक लाभ लिएको आरोप लागेको छ । प्रहरीले सोही विषयमा सोधपुछ गरेको न्याय मन्त्रालयले जनाएको छ ।
जेरुसेलम स्थित उहाँको घरमा तीन घण्टासम्म सोधपुछ चलेको जेरुसेलम पोस्टलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
यस विषयमा विस्तृत विवरण भने दिइएको छैन । अनुसन्धाकर्ताले प्रधानमन्त्रीसँग उहाँकै घरमा गएर सोधपुछ गरेका हुन् । नेतन्याहुले आफूमाथि लागेका सबै आरोप मिथ्या रहेको र आफू निर्दोष रहेको बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline