इन्डोनेरियामा पर्यटक चढेको फेरीमा आगलागी हुँदा २३ जनाको मृत्यु

इन्डोनेरियामा पर्यटक चढेको फेरीमा आगलागी हुँदा २३ जनाको मृत्यु

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

जकार्ता (इन्डोनेसिया), १७ पुस । इन्डोनेसियाको राजधानी जकार्ताबाट उत्तरमा अवस्थित एक पर्यटकीय टापुमा नयाँ वर्षको बिदा मनाउन हिँडेका पर्यटक चढेको डुङ्गामा आगलागी भएपछि यसमा सवार २३ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् । घटनामा अन्य १७ जना बेपत्ता भएको र १९४ जनालाई उद्धार गरिएको छ ।
यात्रारत डुङ्गामा एक्कासी आगोको ज्वाला निस्किएपछि यात्रुहरू ज्यान जोगाउन समुद्रमा हामफालेको राष्ट्रिय विपद् व्यवस्थापन संस्थाले जनाएको छ ।
डुङ्गा किनारबाट छुटेको करिब १५ मिनेटपछि डुङ्गामा आगलागी भएपछि यात्रुहरू लाइफ ज्याकेटका लागि सङ्घर्ष गरेका र कतिपय यात्रु आत्तिएर लाइफ ज्याकेटविना नै समुद्रमा हाम फाल्दा ठूलो क्षति भएको इन्डोनेसियाली प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी