एजेन्सी , १७ पुस ।
बुरुन्डीका पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ ।
नियोन्कुरुको आज हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिनुभयो ।
वातावरण मन्त्री स्थानीय समयानुसार राति पौने १ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको हो ।
घटनास्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रपति पेइर्रे कुरुन्जीजाले पनि मृतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानूभूती व्यक्त गर्नु हुदै हत्यारालाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
बुरुन्डीमा सन् २०१५ बाट सुरु भएको हिंसाका कारण अहिलेसम्म पाँच सय जनाको मृत्यु भएको छ भने तीन लाख जना विस्थापित भएका छन् ।