पाकिस्तानले आफ्नो देशमा भारतले गरीरहेको हस्तक्षेपको फेहरिस्त राष्ट्रसंघलाई बुझाउने

पाकिस्तानले आफ्नो देशमा भारतले गरीरहेको हस्तक्षेपको फेहरिस्त राष्ट्रसंघलाई बुझाउने

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी पुष १७ । पाकिस्तानले आफ्नो देशमा भारतले गरीरहेको हस्तक्षेपको प्रमाण सयुक्त राष्ट्रसंघमा पेश गर्ने भएको छ ।
फेहरिस्त तयार गरेर अमेरीका पठाईसकिएको पाकिस्तानी अखबारहरुले उल्लेख गरेका छन् । सयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी दुत मलिहा लुधियाले भोली राष्ट्रसंघका नवनिर्वाचीत महासचिव गुटेरसन डुटेरेले पद सम्हाले लगत्तै भोली जनवरी २ मा दस्तावेज बुझाउने तयारी भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानले भारतीय गुप्तचर संस्था रअका अधिकारी कुलभुषण यादवलाई पक्राउ गरिएको लाई मुख्य प्रमाणका रुपमा दिदै छ । यादवलाई गत मार्चमा बलुचिस्तानबाट सेनाले पक्राउ गरेको थियो ।  यादव भारतीय जलसेनाका अधिकारी तथा रअका अधिकारी रहेको र उनले भारतले आतंकवादीहरुलाई तालिम तथा हतियार र प्रशिक्षण दिने क्रममा उनलाई परिचालन गरेको पाकिस्तानले जनाएको छ ।

यादवले आफ्नो बयानमा रअकै अनुबन्धमा बलुचिस्तानमा विद्रोह मच्चाउन र विद्यार्थीहरुलाई प्रशिक्षण दिन खटेको उल्लेख गरेका छन् ।

यसै गरी केही समय पहिले पाकिस्तानी नौसेनाले भारतीय सबमरिनलाई पाकिस्तानी क्षेत्रमा प्रवेश गर्दै गर्दा रोकेको विषयलाई पनि प्रमाणको रुपमा पेश गरिने छ ।  यो विषय छिटो अन्तराष्ट्रियकरण गर्न पाकिस्तानी सरकारमाथि दवाव बढ्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी