परपुरुषसगँ सल्किए पछि आफ्नै राजदुत पतिको हत्या ?

परपुरुषसगँ सल्किए पछि आफ्नै राजदुत पतिको हत्या ?

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी पुष १६ । ब्राजिलमा ग्रिसका राजदुतको हत्याको संदीग्ध रहेको आशकामा प्रहरीले उनी श्रीमति र अन्य दुई जनालाई पक्राउ गरेको छ । ग्रिसका राजदुत किरिआकोश अमीरीदिश सोमबार देखि वेपत्ता भएका थिए । विबिहार उनको शब राजधानी रियो दि जेनेरियो भन्दा बाहिरी ईलाकामा जलेको कारमा फेला परेको थियो ।

प्रहरीले राजदुतकी श्रीमति फ्रान्स्वा र एक स्थानीय प्रहरीबीच अनैतिक सम्बन्ध रहेकाले दुबै जनाले मिलेर राजदुतको हत्या गरेको आशकामा उनीहरुलाई पक्राउ गरेको हो ।
राजदुतको १० वर्षको छोरी पनि रहेको जनाईएको छ । यस अघि सन् २००१ ःदेखि २००४ सम्म ब्राजिलमा दुतावासमै काम गरेका किरिआकोश यस पटक राजदुतको हैसियतमा ब्राजिलमा थिए ।

बुधबार श्रीमति फ्रान्स्वाले कसैलाई जानकारी नदिई गाडी लिएर सोमबार गएको र अहिले सम्म नआएको भनेर प्रहरीलाई खबर गरेका थिए । तर पछि राजदुत बस्ने घरको सोफामा रगत भेटिएको पुष्टी भए पछि घरमै हत्या गरेर गाडीमा शब लगेर जलाएको आशकामा प्रहरीले कार्बाही अघि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी