अमेरीकी कुटनीतिक कर्मचारीलाई देश निकाला नगर्न पुटिनको आदेश

अमेरीकी कुटनीतिक कर्मचारीलाई देश निकाला नगर्न पुटिनको आदेश

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

एजेन्सी पुष १५ । रुसले अमेरीकाको ओबामा प्रशासनले आफ्नो कार्यकालको उत्तराद्र्धमा ३५ जना रुसी कुटनीतिक अधिकारीहरुलाई देश निकाला गरेको जवाफमा त्यतिकै संख्यामा अमेरीकी कुटनीतिक कर्मचारीलाई निकाल्न गरेको विदेश मन्त्रालयको सिफारीसलाई राष्ट्रपति भ्लादीमीर पुटिनले रोक्नु भएको छ ।

पुटिनले अब डोनाल्ड ट्म्पले अमेरीकी प्रशासन सम्हाले पछि राम्रो सम्बन्ध विस्तार हुनेमा आशा व्यक्त गर्दै ती अमेरीकी कुटनीतिक नियोगका कर्मचारीहरुको देश निकालामा रोक लगाउनु भएको हो ।

विदेश मन्त्रालय मातहतका विभागहरुले ३५ जना अमेरीकी कुटनीतिक अधिकारीलाई मस्कोबाट देश निकाला गर्न सुझाव दिएका थिए । त्यस मध्य ३१ जना मस्कोबाट र ४ जना सेन्टर पिटेर्सबर्गबाट निकाल्न सुझाव दिईएको थियो ।

ओबामा प्रशासनले चुनावमा साईबर ह्याक गरेर डोनाल्ड ट्रम्पलाई चुनाव जिताएको आरोपमा ती रुसी कुटनैतिज्ञहरुलाई ७२ घण्टा भित्र देश छाड्न आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी