एजेन्सी पुष १५ । रुसले अमेरीकाको ओबामा प्रशासनले आफ्नो कार्यकालको उत्तराद्र्धमा ३५ जना रुसी कुटनीतिक अधिकारीहरुलाई देश निकाला गरेको विषयमा आक्रोस व्यक्त गर्दै त्यतिकै संख्यामा अमेरीकी कुटनैतिक तथा राजनैतिक व्यक्तिहरुलाई देश छाड्न आदेश दिएको छ । रुसी विदेश मन्त्री सरगेई लाभरोभले अमेरीकाले गलत आरोप लगाउदै चालेको कदम विरुद्ध उचित जवाफ दिने बताउनु भएको थियो ।
विदेश मन्त्रालय मातहतका विभागहरुले ३५ जना अमेरीकी कुटनीतिक अधिकारीलाई मस्कोबाट देश निकाला गर्न सुझाव दिएका थिए । त्यस मध्य ३१ जना मस्कोबाट र ४ जना सेन्टर पिटेर्सबर्गबाट निकाल्न सुझाव दिईएको थियो ।
ओबामा प्रशासनले चुनावमा साईबर ह्याक गरेर डोनाल्ड ट्रम्पलाई चुनाव जिताएको आरोपमा ती रुसी कुटनैतिज्ञहरुलाई ७२ घण्टा भित्र देश छाड्न आदेश दिएको थियो ।
अहिले रुसी कुटनैतिक अधिकारी तथा तिनका परिवारले न्यूयोर्कमा नया वर्षको भ्याकेसनका कारण टिकट मिलाउन कठिन भईरहेको विविसीले जनाएको छ ।