काठमाडौं, पुस १५ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३५ जना रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन दिनु भएको छ ।
राष्ट्रपति ओबामाले गत नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनमा साइबर हमला गरेको आरोप लगाउँदै यस्तो निर्देशन दिनु भएको हो ।
उहाँले ३५ जना रुसी कुटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिनु भएको हो । अमेरिकाले दुई वटा रुसी कार्यालय बन्द गर्ने समेत जनाएको छ ।
यस्तै अमेरिकाले केही रुसीमाथि आर्थिक प्रतिबन्ध लगाउने तयारी समेत गरेको विविसीले जनाएको छ ।
राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीहरुलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको बताउनु भएको छ । उहाँले रुसको हरकतसँग अमेरिका सधैं सावधान रहनु पर्ने पनि उल्लेख गर्नु भयो ।
यसैबीच रुसी सरकारका एक प्रवक्ताले भने अमेरिकी कदमको रुसले उचित जवाफ दिने चेतावनी दिएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline